धरान/भारतको बिहार औरंगावादमा भारतीय माओवादी विद्रोही र प्रहरीबीच भिडन्त हुँदा १० प्रहरीको मृत्यु भएको छ । भने अन्य पाँच जना घाइते भएका छन् । nidrohi जंगल सर्च अप्रेसनमा गएका भारतीय प्रहरीको रिजर्ब पुलिस फोर्सको बटालियनमाथि माओवादी विद्रोहीहरुले बारुदी सुरुङ विष्फोट गराएर आक्रमण गरेका थिए । गयासँग जोडिएको चकरबन्दा डुमरिनाला जंगलमा सोमबार दिउँसो सुरु भएको दोहारो भिडन्त गएराति अबेर सम्म पनि जारी थियो । ीभडन्तरमा आठ जना प्रहरीहरुको घटनस्थलमै र दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएक्ो अधिकारीहरुले बताएका छन् । प्रहरीको जवाफी फायरमा तीन जना विद्रोहीहरुको मृत्यु भएको जनाइएको छ । भारतको औरंगावाद माओवादी प्रभावित क्षेत्र मानिन्छ । घटनस्थलबाट एके ४७ , इन्सास राइफल , ग्रिनेड , लन्तर लगायतका हतियारहरु बरामद गरेको भारतीय प्रहरीले जनाएको छ ।