भूपेन्द्र तिम्सिना, शनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयका केही कर्मचारीको काम कारबाहीप्रति टिप्पणी उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयबाट जवाफ मागेको छ ।

कार्यालय प्रमुख कार्यकारी अधिकृत विनोakhatiyarदकुमार भण्डारीले कामकारबाहीमा विवादको विषय बनेका ५ जना कार्मचारीबाट लिखित स्पष्टिकरण मागी सोको बोधार्थ अख्तियारको क्षेत्रीय कार्यालय धनकुटा, शाखा इटहरी र जिल्ला प्रसाशन कार्यालय मोरङमा पठाएका छन् । विशेषगरी घर नक्साका विषयमा कन्सल्टेन्सीसँग केही कर्मचारीको नाम जोडिएपछि आफुले कर्मचारीलाई सचेत गराउँदै कन्सल्टेन्सीहरुसँग बसेर ठोस नीति बनाएको भण्डारीले उल्लेख गरेका छन् । १ साता अघिको सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले केही कर्मचारीका गतिविधिका कारण नगरपालिकाको नाम नकारात्मक हिसावले अगाडि आएको कुरा चर्चा चलेको कुरा राख्दै काम कारबाही चुस्त हुनुपर्नेमा दवाव दिएका थिए । त्यस अघि नै नेकपा एमालेको नगर कमिटिको अगुवाईमा गएको पार्टीको टोलीले पनि सोही धारणा राखेको थियो । सञ्चारमाध्यमहरुमा घर नक्सा पासका सन्दर्भमा कन्सल्टेन्सीसँग जोडिएर कर्मचारीका कामकारबाहीप्रति टिप्पणी उठेका समाचार प्रकाशित र प्रशारित भएपछि कार्यालय प्रमुख भण्डारीले आफ्ना कर्मचारीलाई सचेत गराउँदै कन्सल्टेन्सीसँग छलफल गरेका थिए । सो क्रममा घर नक्सा बनाउने काम कर्मचारी बाहेकको कन्सल्टेन्सीले गर्ने र त्यसको अनुगमन गरी पास गरिदिने काम मात्र नगरपालिकाको दायित्वमा पर्ने हुन्छ । यस क्रममा कन्सल्टेन्सीहरुले मनपरी शुल्क लिने र कर्मचारीपनि त्यसमा जोडिएको कुरा आएपछि नगरपालिकामा सूचीकृत भएका ४ कन्सल्टेन्सीसँग छलफल गरी घर नक्सा बनाउने कामका लागि निश्चित शुल्क निर्धारण गरेको अधिकृत भण्डारीले बताए । पक्की नयाँ घरका लागि १ हजार वर्गफुटसम्म ७ हजार तथा त्यो भन्दा बढीको भए प्रतिवर्ग फुट ७ रुपैयाँका दरले घर नक्सा शुल्क लिन निर्देश गरिएको छ । यस अघि बनाएको पुरानो पक्की घर भएपनि नगरपालिकाले १ हजार वर्ग फुटसम्म ५ हजार र त्यो भन्दा माथि भए प्रति वर्ग फुट ५ रुपैयाँका दरले शुल्क लिन पाउने प्रावधान बनाएको उल्लेख छ ।