दमक/घरायसी झगडा हँुदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् । पृथ्वीनगर गाविस–२ बस्ने देशु भनिने २४ वर्षीय देशराज तामाङले ४५ वर्षीया आमा तारादेवीको चिपर्ट प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । hattyaa चिपर्टले टाउकोमा प्रहार गर्दा घटनास्थलमानै आमा तारादेवीको ज्यान गएको थियो । हत्यामा संलग्न देशराजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी हरिराज शर्माले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा देशराजले आमाको रिसइवीका कारण मारेको स्वीकारेका प्रहरीले जनाएको छ । रासस