Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • इलाममा अझै पाठ्यपुस्तक पुगेन

इलाममा अझै पाठ्यपुस्तक पुगेन

alt
  • असार १०, २०७३
  • ब्लाष्ट खबर

इलाम/ शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि इलाममा अझै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । जिल्लाका धेरैजसो विद्यालयमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक, कक्षा ७ का धेरै विषयका पाठ्यपुस्तक, कक्षा ९ को अर्थशास्त्र अभाव भएको हो । अन्य विषयको पढाइ निक्कै अघि बढ्दा समेत माईपोखरीस्थित बालमण्डल माविमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक र कक्षा ७ को पेसा व्यवसाय विषयको नयाँ पाठ्यपुस्तक छैन ।

book “बारम्बार पाठ्यपुस्तक लिन जिल्ला आयो, कहीँ पाइँदैन,” बालमण्डल माविका प्रधानाध्यापक टीकानाथ पौडेलले भन्नुभयो, “पुस्तक नपाएपछि पुरानै पुस्तक पढाउनुपर्छ, विद्यार्थीले किन्न धरी पाएका छैनन् ।”

सोयाङस्थित सरस्वती माविको कक्षा ७ मा विज्ञान विषय बाहेकका कुनै पनि विषयको पढाइ भएको छैन । अन्य विषयको पाठ्यपुस्तक अभावले गर्दा पढाइ हुन नसकेको विद्यालयले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले नै समयमा पुस्तक नपाउँदा व्यवसायी समेत चिन्तित बनेको तेह्रथुम पुस्तक पसलका प्रोपाइटर टङ्क धमलाले भन्नुभयो । कुनै कुनै विषय त एकै पटक नआएको समेत उहाँले बताउनुभयो । अहिले विद्यालयमा पहिलो त्रैमासिक परीक्षा हुने समय भएको छ । केही विद्यालयले पहिलो त्रैमासिक परीक्षाको मिति तोकिसकेका छन् भने केहीले तयारी गर्दैछन् । त्रैमासिक परीक्षा आउन लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक अभाव हुनाले विद्यार्थीको पढाइमा समस्या भएको छ । जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि गत फागुन महिनामै ७५ प्रतिशत बजेट निकासा दिएको थियो । कार्यालयका शाखा अधिकृत निर्मल ढुङ्गेलले प्रायजसो विद्यालयमा पाठ्यपुस्तक पुगिसके पनि केहीमा पुग्न बाँकी रहेको बताउनुभयो । “कुनै–कुनै विषय र प्रायः कक्षा ७ का केही विषय नपुगेको जानकारी आएको छ”, उहाँले भन्नुभयो । पुस्तक खरिदका लागि फागुनमा ७५ प्रतिशत बजेट दिएर अपुग भएको रकम माग्न विद्यालयलाई भनिएकोमा एकसय चारवटा विद्यालयले थप २५ प्रतिशत रकम पनि माग गरेर लगिसकेको जिशिकाले जनाएको छ । अपुग पुस्तक पनि जनक शिक्षा सामग्री केन्द्रले छापेर पठाउनुपर्नेमा किन ढिलो गरेको हो भन्ने थाहा नभएको उहाँको भनाइ छ । रासस

सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बेमौसमी वर्षाले बगायो किसानको पसिना
स्रोत नखुलेको २३ लाखसहित दुई पक्राउ
अंशुको परिवारलाई न्याय देऊ
आजको राशिफलः २०८२ साल कात्तिक १९ गते बुधबार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२७ दिनदेखि बीपीमा अंशुको शव
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या
ठगी गर्नेलाई सख्त कारबाही गरौँ
आजको राशिफलः २०८२ साल कात्तिक १८ गते मङ्गलबार
मोरङ अदालतको नाममा परिवारको ठगीधन्दा
सुन कारोबारको बहानामा अपहरण गरी हत्या
फरार इनरुवाका वडाध्यक्ष पक्राउ
किसान जहिल्यै मारमा
आजको राशिफलः २०८२ साल कात्तिक १७ गते सोमबार
हर्क साम्पाङको पार्टीले पायो आधिकारिकता
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved