[caption id="attachment_3833" align="alignright" width="282"]hk2 मञ्जु क्षेत्री (नानु), कलाकार (मेरी बास्सै)[/caption]

  बाल्यकाल कसरी बित्यो ? मेरो बाल्यकाल सङ्घर्ष र पिडामा बित्यो । सिक्किमको रंगेली छुजाचेन गाउँमा बाबाको प्राकृतिक प्रकोपमा परेर मृत्य भएपछि आमाले निकै दुख गरेर म लगायत भाई बहिनीलाई हुर्काउनु भयो । अभिनयमा कसरी लाग्नु भयो ? बास्तवमा ‘मेरी बास्सै’ नै अभिनयको मेरो पहिलो खुड्किलो बन्यो । सन् २०१४ मा सिक्किमको जैविक खेतीबारे अध्ययन र छायाङकन गर्न मेरी बास्सै टिम आएको थियो । सिक्किमको रमणिय दृश्य र जैविक खेती सम्बन्धि पाँच भाग छायाङ्कन गरिएको मेरी बास्सैमा सिक्किमका कलाकारहरुलाई पनि खेल्ने मौका दिईएको थियो । म पनि अडिसन पास गरेर त्यो समयमा अभिनय गरेको थिए, यसैबाट मलाई कलाकारिताको भूत चढेको हो ।  त्यो पहिलो अभिनय सम्झिनु हुन्छ ? म मेरी बास्सैमा बान्द्रेको प्रेमीकाको भूमिकामा थिए । रमाईलो भयो सवैको सहयोग र हौसला थियो । अहिलेसम्म के केमा अभिनय गरिसक्नु भयो ? मैले ‘मेरी बास्सै’ बाहेक ‘ड्याड’ नामक हिन्दी चलचित्रमा प्रहरी अधिकृतको भूमिका गरेको छु साथै भारतको सरकारी च्यानल दूरदर्शनबाट प्रशारण हुने टेली श्रृखलाका साथै विभिन्न विज्ञापनहरुमा पनि अभिनय गरेको छु । हास्यविधा नै किन रोज्नु भयो ? हास्यविधा मात्र हैन म अभिनयको जुनसुकै विधामा पनि आफुलाई प्रमाणित गर्न चाहन्छु । अभिनयको प्रतिको लगाव र ‘मेरी बास्सै’ मा गरेको पहिलो अभिनयबाट पाएको दर्शकहरुको सकारात्मक प्रतिक्रियाले पनि मेरी बास्सैको टिम प्रति विश्वास बढेको हो । तर तपाईलाई ‘खड्काजी’ को श्रीमतिको भूमिकाले चिनायो नि हैन । अवश्य यसमा दुईमत छैन, मैले विगतमा गरेका कामहरुलाई यो भूमिकाले ओझेलमा पा¥यो । तपाई अविवाहित तर दर्शकहरुले त ‘खड्काजी’ को श्रीमती भनेर चिन्छन् नि कस्तो लाग्छ ? खुसी लाग्छ, मेरी अभिनय लाई दर्शकहरुले माया गरेको अनुभव हुन्छ । दर्शकहरुलाई खुसी बनाउँनु नै मेरो आत्मसन्तुष्टि हो । मेरी बास्सैमा खड्का जीको श्रीमती (नानु) पात्रको जन्म कसरी भयो ? यो प्रश्न त खड्का जीलाई गर्नु भए सहि जवाफ आउँथ्यो सायद ।

 अभिनयको लागि कुनै प्रशिक्षण लिनु भएको छ ? मैले कुनै औपचारिक प्रशिक्षण लिएको छैन्, रहर र अभिनयप्रतिको लगावले नै यहाँ सम्म ल्यायो ।  राम्री हुनुहुन्छ विवाह कहिले गर्ने ? राम्री भन्नुभयो धन्यवाद । मलाई हतारो छैन् यो त समयको कुरा हो, नहोला भन्न पनि सकिन्न् ।  प्रेम प्रस्ताव कतिको आउँछ ? मन त पराउँछन् होला तर छेउमा आएर भन्ने आँट चाँहि कसैले गरेको छैन ।  कसैलाई मनमा सजाउँनु भएको छैन । (हाँसो)...... ब्यक्तिगत कुरा नभन्दै बेस होला । आफुलाई नेपाली भनेर चिनाउँदा कस्तो अनुभव हुन्छ ? गर्व लाग्छ । म भारतेली नेपाली हुँ जहाँ भएपनि श्रृजना र कलाकारितामा रमाउँछु ।  मञ्जुलाई दर्शकले अव कस्तो भूमिकामा देख्न पाउँछन्  त्यसको लागि केहि समय कुर्ने पर्ने हुन्छ अवश्य म सरप्राईज लिएर आउँनेछु ।

hk1

नजिकका तीन पुरुष साथी ?

गणेश क्षेत्री, कर्मा लिम्वु र प्रवेश क्षेत्री ।  महिला साथी नि ? कविता शर्मा, सविका गुरुङ् र कुन्जना घिमीरे (सुन्तली)  विवाहको पहिलो रात श्रीमान समलिंगी हो भन्ने थाहा भयो भने ? उसको अनि मेरो उज्जवल भविष्यको निम्ति अलग हुन्थे ।  विहान उठ्दा लिंग परिवर्तन भएर ह्यान्डसम पुरुष हुनुभएछ भने ? वाउ ! अचम्मित हुन्थे होला ।  तीन नेपाली पुरुष सेलिब्रेटी ? अनमोल के.सी, सौगात मल्ल, पल शाह