मिल केपी प्रचण्ड,मिल देउवा दाई
एकताको खाचो छ अहिले देशलाई
गायक बद्रि पङगेनीले यसरी गीत गाउदै गर्दा बिहिबार प्रज्ञा भवनमा निरन्तर ताली बज्यो । उनले यो गित गाउदा देशका प्रधानमन्त्रि तथा उनले गितमा सम्बोधन गरेका ब्यक्ति केपी शर्मा ओली त्यहि थिए । उनीपनि निकै भाबुक भएर गित सुने,प्रज्ञा भवनमा उपस्थित पत्रकारहरुले निरन्तर ताली बजाए भने,कतिपयले उठेर नाचेपनि ।
गायक पङगेनीले गाएको निकै मार्मिक गित थियो । उनको गितमा मनोरञ्जन मात्र थिएन,सारा नेपाली मनको नेपाली जनको आवाज थियो भावना थियो । राजनैतिक दलका नेताहरुलाई उनले मिल्नलाई आग्रह गरे । अहिले देशको राजनितीको बागडोर सम्हाली रहेका एमाले अध्यक्ष तथा केपी शर्मा वली,एमाओबादी अध्यक्ष प्रचण्ड र काङग्रेश सभापती शेरबहादुर देउवालाई मिल्न आग्रह गर्दै देशर्लाइ एकताको खाचो भएको साचो कुरा नेपालीहरुको प्रतिनिधित्व गर्दै राखे ।
उनले भर्खरै भारतले गरेको नाकाबन्दि र प्रति लक्षित गर्दै भने
पानीले पेट भरौला,बरु भोकै मरौंला
बसिदैन बिदेशीको मुख ताकेर
भारतले लगाएको नाकाबन्दि र मधेशमा भएको आन्दोलनले खतरामा परेको राष्ट्रियताप्रति हरेक नेपालीको मन दुखेको थियो,रोएको थियो । जस्तो सुकै समस्या आएपनि नेपालीको शिर उचो राख्न कहिले पनि सम्झौता गर्न नहुने त्यसबेला हरेक नेपालीले भनेका थिए । बद्रि पङगेनीले आफ्नो धारणपनि राखे ‘ देश यस्तो संकटमा भएको बेलापनि प्रधानमन्त्रि आलीले देखाउनु भएको राष्ट्रियता र जगाउनु भएको राष्ट्रिय भावना प्रति म सधै नतमस्तक छु ।नेपालीले अब आत्मानिर्भर बन्नु पर्ने बेला आएको भन्दै उनले सबै नेतालाई देशको बारेमा नेपाली मनले सोच्न आग्रह गरे ।
रोटी र बेटी भन्छन्,हामै्र छाति रेटि रन्छन्
भो चाहिएन तिन्को सदासायता
बद्रि पङगेनीले गीतलाई आधार बनाएर नेपाली राष्ट्रियता र स्वाभिमानलाई कस्ता कस्ता बहानामा प्रहार गरिदैछ भन्ने प्रस्ट्याए । देश भक्त र स्वाभिमानी नेपाली कसैले देखाएको सदाचायतामा भुल्न नहुने भनिरहदा हलमा निरन्तर ताली बजीरहेकै थियो ।साच्चै हरेक नेपालीले मनमा राखेको आफ्नो नेपाली मनलाई उनले गीतबाट उद्घोष गरे ।
बाझो बारी खनौला ,आत्मानिर्भर बनौला
बन्ने छ यो देश एक जुट भएत
पौरख गर्न हिम्मत राख्ने हामी नेपालीलार्य फेरी पनि पङगेनीले सम्झाए,बाझोबारी खनेर अन्न रोपौ,मिठो मसिनो जे फल्छ खाउ तर एक छाक खान र एक सारो लाउन अब छिमेकीकोमा जान बन्द गरौ । हाम्रो स्वाभिमान,हाम्रो पहिचानमाथी कसैले खेल्न पाउदैन,हे नेपाली हो हामी एक जुट भएत हाम्रो देश आफै बन्ने छ,। अब देशको लागि सोचौ र नेपाली भएर गरौ,हाम्रो स्वाधिनता हामी सँगै र बिश्वले गाउने गाथा हामी सगै छ,त्यो भन्दानि ठुलो हाम्रो नेपाली मन हो,अब हामी जाग्नै पर्छ पङगेनीका शब्दहरु यसै भनिरहेका थिए ।