एकजना युवतिलाई कति जनासम्मले प्रेम प्रस्ताव(प्रपोज) राख्छन् होला ! आम मान्छेको एउटै जवाफ हुन्छ २–४ जना । तर पुर्वेली सुन्दरीको भिडमा समावेस भएकी धनकुटाकी सुन्दरि मनिशा कार्कीलाई प्रत्यक्ष र अप्रत्यक्ष गरी प्रेम प्रस्ताव राख्नेहरु १०० भन्दा माथि पुगिसकेका छन् । युवाहरुमा देखिएको उनि प्रतिको त्यो आशक्तिबाटै उनको सुन्दरता र आकर्षक शरीरको छनक मिल्छ । त्यही भिड भित्रका एक पात्रले नक्कली फेसवुक आईडी बनाएर सताएको उनले सुनाईन । ’आफ्नो नामको आईडी बनाएर बदनामी गर्न खोजेको थाहा पाएपछि फेसबुकमै उजुरी गरेर बन्द गराए’ उनले भनिन् ।
अहिले सामाजिक संजालमा यस्ता गतिविधि बढेको र त्यसले निकै तनाब दिने गरेको उनको भनाई छ । आफुले राखेको प्रस्ताव अस्विकार हुने वित्तिकै यस्ता हर्कत गर्ने कामबाट अहिलेका युवति निकै प्रताडित बनिरहेको उनले गुनासो गरिन् । यस्ता काम गर्नेहरुले एक पटक आफु या त आफ्नो परीवारका सदस्यमाथि हुदा के होला भनेर सोच्नु पर्ने उनको सुझाव छ । ईन्टनेटलाई गलत काम र प्रयोजनमा प्रयोग गर्ने गरेको भन्दै उनले युवाहरुले शिक्षा र ज्ञान हाँसिल गर्ने कुरामा ईन्टरनेटलाई प्रयोग गर्न सक्नु पर्ने वताउँदै भनिन् ‘अन्य देशमा ईन्टरनेट बाटै पढाई हुन्छ, हामी भने कुरा गर्ने र मनोरञ्जन गर्ने काममा प्रयोग गर्छौ जुन गलत छ । हामीले सदुपयोग गर्न सिक्नु र जान्नु पर्छ ’ खुलेर कुरा गर्ने मनिशाले प्रेम प्रस्तावका बारेमा हाँस्दै भनिन ,‘अहिले त सामान्य जस्तै लाग्न थालि सक्यो बरु कसैले राखेनन् भने पो अनौठो लाग्छ कतै म नराम्री पो देखिन थाले कि भन्ने भान हुन्छ ’। पहिलो चोटी कक्षा ९ मा अध्यनरत समयमा आफु सँगै अध्यनरत युवकले प्रेम प्रस्ताव राखेपछि सुरु भएको प्रेम प्रस्ताबको ओेहिरो विवाह नभई नरोकीने उनले सुनाईन । तर प्रेम प्रस्ताव राख्ने जति सवैको भनाई एउटै रहने आफ्नो अनुभव सुनाउदै भनिन् ‘तिम्रो आखा , ओठ र लजालु हसाईले म प्रभावित भए ’। शरीर र शरीरका अङ्ग हेरेर माया नहुने बताउँदै उनले भनिन् ’ मनबाटै माया जान्नु पर्छ । जुन मेरो मनमा आजसम्म पनि कसैले त्यस्तो प्रभाब पार्न सकेन ’। अहिलेको युवा पुस्तामा शरीर र अनुहार हेरेर प्रेम गर्ने संस्कार देखिएको र त्यही गलत वुझाईका कारण धेरै को अध्यन र जिवन बर्बाद भएको उनले भनाई छ। आकाशकी सुन्दरी बनेर आकाशमा उड्ने सपना सजाएकी मनिशा आकाशकी परी त बन्न सकिनन् तर पुर्वकी सुन्दरी बनेर उदाउने तरखरमा छिन् । विराटनगरमा नर्सिङ अध्यनरत उनको एयर होस्टेस बन्ने सपना त पुरा भएन अझै सम्म यात्री बनेर समेत आफुलाई आकाशमा उड्ने अवसर नमिलेको उनले सुनाईन्। धनकुटा स्थित पुर्ख्यौली घरमा बाल्यकाल गुजारेकी उनले घर नजिकैको डाडामा पहिलो चोटी कक्षा–२ मा अध्यनरत रहेको समयमा हेलिकप्टर देखेकि थिईन् । त्यही बेलाबाट पलाएको आकाशमा उड्ने सपना अहिले सम्मपनि पुरा नभएको उनको भनाई छ। सुन्दर आखा , लजालु हसाई र आकर्षक शारीरीक बनौटकी धनि १९ वर्षीया मनिशालाई सुन्दरी नर्सको उपनामले चिनिन्छ । एयर होस्टेस बन्ने सपना पालेकी उनको त्यतिबेला सपना टुट्यो जतिबेला उनलाई पारीवारीक सदस्यले नर्सिङ अध्यनका लागि भर्ना गराईदिए ।
त्यो क्षण स्मरण गर्दै उनले भनिन’बाबा सैनिक सेवामा रहेका कारण अत्यन्तै कडा सेनाको जस्तै अनुशासन थियो,अभिभावकको कुरा काट्न सकिन र नर्सिङ अध्यनमा लागे’ धनकुटाबाट अध्यनका लागि विराटनगर आएको पहिलो दिन आफु निकै रोएको उनले सुनाईन् । प्रयोगात्मक कक्षाका क्रममा महिलाको प्रसुति गराउने क्रममा कोशि अञ्चल अस्पतालको प्रसुति विभागमा जन्मिएको बच्चा हातमा लिदा आफु दोस्रो पटक खुसीले रोएको बताईन। नर्सीङ अध्यनकै क्रममा मिस कोशी नामको सुन्दरी प्रतियोगितामा सहभागि बनेर मोडलिङतर्फ पाईला चालेकी सुन्दरी मनिशाले त्यहाँ सहभागि हुनका लागि पारीवारीक सद्स्यलाई मनाउन निकै हम्मे परेको स्मरण गर्दै भनिन् ‘मोडल भनेर देखिएका केहि पात्रका गलत हर्कत र गतिविधिले छुट्टै पहिचान बनाउन चाहनेलाई समस्यामा पारेको छ, मैले पनि निकै कोशिस गरेपछि पारीवारीक सदस्यलाई बिश्वस्त वनाएकी थिए’सुन्दरी प्रतियोगिताहरुले लुकेर बसेका क्षमता भएका युवतिलाई खुल्न र आफ्नो प्रतिभा देखाउन सहयोग पुर्याउने भएपनि केही गलत मान्छेका कारण आम मानिशको धारणा गलत बन्नु जायज नहुने उनले तर्क गरीन् । भनिन‘ कुनै अमुक पात्र गलत हुदैमा सबै गलत हुन् भन्दा राम्रा मान्छे माथि अन्याय हुन्छ’ । हरेक मान्छेले जस्तै आफुले पनि सुन्दर भविष्यको सपना पालेको तर त्यो व्यक्तिगत नभई सामाजिक जिवनउनको भनाई छ । जिवन त्यति बेला सार्थक हुन्छ जतिबेला अरुलाई नयाँ जिवन दिन सकिन्छ ’भविष्यमा नर्सिङ पेशामै रहेर सेवा गर्ने उनको भनाई छ । लियो क्लव अफ विराटनगर र युथ फर व्लड लगायतका सामाजिक संस्थामा सक्रिय उनि सामाजिक जिवनको अभ्यासका लागि सामाजिक र परोपकारी संस्थाहरुमा लागेको बताउँदछिन् । फुर्सदको समयमा रयाप सो र अभिनय तर्फ पनि लाग्न सक्ने तर पुरै नहोमिने उनले बताईन् । म्युजिक भिडियो , बिज्ञापन र चलचित्रमै अफर आए समाजले रुचाउने खालका कथा र भुमिकामा भने फुर्सदको समयमा अभिनय गर्न सक्ने उनको भनाई थियो । प्याराग्लािडिङ र वञ्जी जम्प निकै मन पर्ने बताउने मनिशा ले नृत्य औधि मन परेपनि औपचारीक ज्ञान भने अध्यनका कारण लिन नपाएको बताईन्।