पाँचकन्या– किरात वान्तवा खिम सुनसरीले साहित्य लेखन र शिक्षा क्षेत्रमा योगदान गर्ने दुईजना व्यक्तित्वलाई सम्मान गरेको छ ।
धरान–१० स्थित किरात राई यायोक्खा भवनमा सोमबार सम्पन्न कार्यक्रममा इन्दिरा राईलाई प्रसाद राई स्मृति शिक्षा पुरस्कारबाट सम्मान गरियो भने कवि तथा विजयपुर एफएमका कार्यक्रम प्रस्तोता प्रकाश दीपशाली मिराकलाई साहित्य पुरस्कारबाट सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कवि उपेन्द्र पागलले जनही ५ हजार रुपैयाँ र सम्मानपत्रसहित उनीहरुलाई सम्मानपत्र प्रदान गरे । हरेक वर्ष विभिन्न शिक्षा र साहित्य विधामा रहेर योगदान पु¥याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने गरिएको पत्रकार श्रीशिशा राईले जानकारी दिए । सम्मान कार्यक्रमको दोस्रो वार्षिक उत्सवमा नवगायक हिरन राईको ‘टाइफिटिङ’ नामक गीति एल्वमको विमोचन गरिएको थियो । साथै गायक हिरनले गीति एल्वममा समेटिएका गीतहरु गाएका थिए । कार्यक्रममा खिमका केन्द्रीय अध्यक्ष सरनकुमार राई, प्रा.डा. टङ्क न्यौपाने, महेन्द्र बहुमुखी क्याम्पस धरानका सह–प्राध्यापक सूर्यकुमार राई, प्रसाद राई स्मृति पुरस्कारका संरक्षक पूर्णिमा राई, किरात राई यायोक्खा सुनसरीका अध्यक्षा कमला राईको उपस्थित रहेको थियो ।