विजयपुर(ब्लाष्ट)
लामो समय देखि नेपाली भाषा र साहित्यको सेवा गरेको भन्दै डा. नरेन्द्र चापागाई स्मृती प्रतिष्ठान बिराटनगरले प्रा.डा टंकप्रसाद न्यौपानेलाई प्रदान गर्ने भएको छ ।  
त्यसैगरि नेपाली साहित्यको सेवा गरे बाफत प्रदान गरिने युवा साहित्यकार पुरस्कार कबि मञ्जु श्री गिरीलाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको । पुरस्कारको राशि क्रमशः २५ हजार र सात हजार नेपाली रुपैया रहेको प्रतिष्ठानका महासचिब दिङलाली कान्छो(दिनेश राज सुबेदी)ले बताए ।
 सोमबार प्रतिष्ठानका अध्यक्ष डा.बद्रिबिशाल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बैशाख २५ गते बिराटनगरमा कार्यक्रम गरि पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।