सुनसरी । कोसी गाउँपालिका–१ लौकहीस्थित सिद्धार्थ किराना पसलमा भन्सार छली ल्याइएको अवैध सामान रहेको सूचनाअनुसार सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजबाट खटिएको टोलीले आइतबार दिउँसो अनुगमन गरी डेढलाख बढीको विभिन्न किराना सामान बरामद गर्यो । सूचनाअनुसार भन्सार कार्यालयबाट भन्सार अधिकृत पर्शुराम दाहाल नेतृत्वको टोलीले सशस्त्र प्रहरीको सहयोगमा स्थानीय सिद्धार्थ किराना पसलबाट अवैध रूपमा भन्सार छली ल्याइएको ५० केजी दरका ४० बोरा एकलाख २० हजार बराबरको चिनी, पाँचहजार चारसय रुपैयाँ बराबरको ६० केजी पापड, चारहजार पाँचसय बराबरको ३० केजी हरियो मटर, पाँचहजार दुईसय ५० रुपैयाँ बराबरको ७५ केजी पास्ता
विजयपुर । धरान उपमहानगरपालिकाले खोला ठेक्का लगाएर उत्खनन् नगर्ने निर्णय गरे पनि धरान–५ आसपासका खोला रातारात दोहन भइरहेको छ । खोला दोहनमा प्रहरीको पनि संलग्नता रहेको आरोप लागेको छ ।धरान–५ आसापासका अँधेरी सेउतीलगायतका खोला रातारात दोहन भइरहे पनि प्रहरीले नियमन र नियन्त्रण नगर्दा खोला दोहनमा प्रहरीकै संलग्नता रहेको आशङ्का स्थानीयवासीले व्यक्त गर्दै आएका छन् । स्थानीयले रातको ८ बजेपछि खोला दोहन हुने गरेको बताउँदै आएका छन् । ब्लाष्टले स्थलगत रूपमा रिपोर्टिङ गर्दा पनि साढे ११ बजे खोला दोहन गरेको पाइएको थियो । खोला दोहनमा स्थानीय प्रहरीको संलग्नता हुने गरेको स्थानीयवासी मात्र होइन, जनप्रतिनिधिले पनि
विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षको असार महिनाको २५ दिनमा ९ अर्ब ६७ करोड रुपैयाँ बजेट खर्च गरेको छ । असार १ देखि २५ गतेका बीचमा सो रकम खर्च भएको हो । जबकि चालु आर्थिक वर्षको वैशाख महिनामा प्रदेश सरकारले २ अर्ब ८ करोड ३ लाख ८५ हजार रुपैयाँ मात्र खर्च गरेको थियो । असारको २५ दिनमा मात्रै चालुतर्फ ३ अर्ब २३ करोड र पुँजीगतर्फ ६ अर्ब ४४ करोड रूपैयाँ अर्थात् ३१.९५ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । चालु आर्थिक वर्षको कुल ३४ अर्ब ७६ करोड ८ लाख ५३ हजार रुपैयाँ बजेटमध्ये असार २५ गतेसम्म ३० अर्ब २८ करोड ६८ लाख १ हजार ३४ रुपैयाँ अर्थात् ८७.१३ प्रतिशत ब
विजयपुर । धरानमा दुर्घटना न्युनिकरण गर्नका लागि ब्यारिकेट सहयोग गरिएको छ । शनिबार धरान-१६ समीचोकमा दुर्घटना न्यूनिकरण उदेश्यले सियोन स्कुल धरानको तर्फबाट ब्यारिकेट सहयोग गरिएको हो ।जिल्ला ट्राफिक कार्यालय सुनसरीको रोहवरमा ४ थान ब्यारिकेट सहयोग गरेको हो । ब्यारिकेट धरान-१६ समीचोकको उत्तरमा २ वटा र दक्षिणमा २ वटा राखिएको हो । फराकिलो चोक र तीब्र रूपमा गाडीहरू कुदिरहेकाले दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक कार्यालय सुनसरीमा प्रमुख श्यामकुमार बस्नेतले बताए । ब्यारिकेट ३० मिटरको दुरीमा राखिएको छ । कार्यक्रममा धरान-१६ का वडाध्यक्ष मुरारी भट्टराई र ट्राफिक प्रहरी असइ नारायण प्रसाद
विजयपुर । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्चले प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।सोमबार मञ्चले इलाका प्रशासन कार्यालय धरानमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको मञ्चका सुनसरी अध्यक्ष अमर इजम लिम्बूले जानकारी दिए । विज्ञप्तिमा लामो समयदेखि पहिचानको आधारमा नाम राख्न माग गर्दै आएको र आवाज पनि सम्बोधन हुँदै आएको उल्लेख गरिएको छ । विज्ञप्तिमा केही दिनदेखि नामकरणको विषयमा संसद्मा उपस्थित केही दलहरूले ‘लिम्बुवान–किरात’ पहिचानलाई बाइपास गरेर नदीको नाममा प्रदेशको नामकरण गर्न माग गरेकोमा आपत्ति जनाइएको छ ।
बेलबारी । मोरङको सुन्दरहरैंचा नगरपालिकाले फोहोर फाल्नका लागि खरिद गरेको जग्गा पर्याप्त भए तापनि नगरको फोहोर वन क्षेत्रमा लगेर फाल्ने गरेको छ । उता नगरले डम्पिङ साइटलाई भनेर खरिद गरेको जग्गा भने बेवारिसेजस्तै बनेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा रहेको करिब दुई बिघा पाँच कठ्ठा जग्गा डम्पिङ साइटकै लागि भनेर केही वर्षअघि खरिद गरिएको थियो तर, त्यहाँ फोहोर लान नगरपालिकाले चासो देखाएको छैन । बरु वन क्षेत्रलाई डम्पिङ साइटजस्तै बनाएको छ । साबिक इन्द्रपुर गाविस हुँदा फोहोर व्यवस्थापन गर्ने प्रयोजनका लागि उक्त जग्गा गाविसमा रहेका विभिन्न सङ्घ–संस्थाले र इन्द्रपुर गाविसको सहकार्य
झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ ।बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए ।बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।उक्त दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइ
धरान । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट एक युवालाई ब्राउनसुगरसहित पक्राउ परेका छन् । भारत दार्जिलिङ मिरिक पश्चिम बङ्गाल बस्ने २७ वर्षीय अनुप प्रधानलाई चेकजाँचको क्रममा पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनको साथबाट लिस्याइलो पदार्थ ६ ग्राम र मोबाइल एक थान बरामद गरेको हो ।
विराटनगर । कानूनी साक्षरता र सचेतना अभावका कारण विभिन्न घटनाका पीडित र हिंसामा परेकाहरूले न्याय पाउनबाट बञ्चित हुनु परेको एक कार्यक्रममा सहभागीहरूले बताएका छन् । उच्च सरकारी वकिल कार्यालय विराटनगरले मोरङको बेलबारी नगरपालिका–६ र ग्रामथान गाउँपालिका–३ मा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले त्यस्तो बताएका हुन् । उनीहरूले समूदायमा सरकारी वकिल कार्यक्रममा सहभागीहरूले घरपरिवार, छरछिमेक र समाजबाट आफूमाथि हिंसा र दुव्र्यवहार हुँदा, कुटपिट, ठगीमा पर्दा, झुटा आरोप लाग्दा, अंश नपाउँदा पनि कानूनी न्यायका लागि लड्ने स्थान र प्रक्रिया थाहा नपाउँदा अन्याय सहेर बस्नु परेको गुनासो पोखेका छन् । सहभागी स्थानीयव
विराटनगर । भारतको मीरगञ्ज पुल निर्माण सम्पन्न भइसक्दासमेत प्रयोग गर्न नदिने र पुरानो पुलमा पनि जोखिम देखाउँदै अवरोध गर्ने भारतीय शैलीले नेपाली उद्योगी–व्यवसायी हैरान भएका छन् ।मीरगञ्ज पुलमा हरेक वर्ष दोहोरिने अवरोध र नयाँ पुल निर्माणमा भारतीय पक्षले देखाएको उदासिनताबाट मोरङ–सुनसरी उद्योग करिडोरका व्यवसायीहरू हैरान भएका हुन् । नयाँ पुल प्रयोग गर्न नदिने र अवरोध खडा गर्ने भारतीय कदमले नेपाली पक्षले छोटो बाटो प्रयोग गर्न पाएको छैन । बिहार अररिया जिल्लाको मीरगञ्ज पुलबाट विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) जम्मा एक किलोमिटर दूरीमा छ । तर, दुवै पुल प्रयोग गर्न नपाउँदा नेपाली पक्षले
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved