Trending Tags

अर्थ

    Showing १२१-१३० of ४,९९४ items.
  • सुनको मूल्य घट्यो

    नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले ओरालो लागेर ९४ हजार ३०० तोकिएकोे छ भने पहेँलो धातु मङ्गलबार प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला ९४ हजार ३००  थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर १ हजार २८० तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला १ हजार २९० मा कारोबार भएको थियो ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैन

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरीमा धरान बन्याे 'बेरुजु नम्बर १ ' , १२ करोड २६ लाख बढी बेरुजु

    विजयपुर । सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये सवैभन्दा बढी बेरुजु धरान उपमहानगरपालिकामा देखिएको छ । स्थानीय तहमा भएका विकास निर्माण, विभिन्न कार्यक्रम सञ्चालनलगायतमा आर्थिक खर्च भए पनि प्रमाणित गर्न नसकेपछि सबैभन्दा बढी बेरुजु धरानमा देखिएको हो । जिल्लामा सबैभन्दा कम बेरुजु गढी गाउँपालिकामा देखिएको छ । धरान उपमहानगरमा कुल १२ करोड २६ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ भने सबैभन्दा कम गढी गाउँपालिकाको ५९ लाख ८६ हजार रुपैया देखिएको छ ।महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ अनुसार सुनसरीका २ उपमहानगरमध्ये सबैभन्दा बढी बेरुजु धरान उपमहानगरको देखाएको छ । ४ नगरपालिकामध्येमा सबैभन्दा बढी बेरुजु राम

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ७२५ पटक पढिएको
    • खिलानाथ विक
  • सुनको मूल्यमा प्रतितोला ५०० ले वृद्धि

    नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ५०० ले बृद्धि भएर  ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९४ हजार ३०० रहेको  छ  ।  अघिल्लो दिन तेजाबी सुन प्रतितोला  ९३ हजार ८०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा  १० ले वृद्धी भएर  एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला  एक हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भविष्य सहकारीलाई कारबाही गर्न सिफारिस

    धरान । धरान–१६ मा सिलाइका काम गर्दै आएका गोपाल परियारले धरान–९ गौतमपथको भविष्य बचत तथा ऋण सहकारी संस्थामा खाई नखाई दैनिक एक सय रुपैयाँ बचत गर्थे । त्यो बचत रकमबाट केही काम गर्ने सोच राखेका थिए तर, असोजदेखि एकाएक सहकारीकी सङ्कलनकर्ता आउन छाडेपछि उनको मनमा चिसो पस्यो । आएर बुझ्दा दिनेदिने भन्दै अनेकौं पटक टारेको उनले बताए । ‘एक वर्षको खाता खोलेको थिएँ, दिनको एक सय रुपैयाँ जम्मा गर्थें, २२ हजार २ सय रुपैयाँ भएको थियो’ उनले पासबुक देखाउँदै भने, ‘तर, असोजदेखि कलेक्टर आउँदै आइनन्, बुझ्दा सञ्चालक नै गायब भएको रहेछ, त्यै पनि धेरै पटक आशा देखाइरह्यो ।’ उनीजस्तै धरान–१६ कै लोकबहादुर तामाङले पनि त्यहीँ ब

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • २८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एलजीको नयाँ सिरिजको टिभी बजारमा

    विजयपुर । एलजी कम्पनीले यु.पी. सिरिजको यु.एच.डी. टेलिभिजन बजारमा ल्याएको छ ।एलजी ब्राण्डको आधिकारिक विक्रेता सि.जी. इम्पेक्सले बजारमा ल्याएको हो । टेलिभिजन ५० इञ्च, ५५ इञ्च, ६५ इञ्च र ७५ इञ्चका रहेको कम्पनीले जनाएको छ । टेलिभिजनमा रियल फोर.के. डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रिन डिजाइन रहेको छ । साथै क्वाड कोर प्रोसेसर फोरके, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टम, आई.पि.एस. प्यानल फोरके, एच.जी.आई.जी. मोड, अटोलो ल्याटेन्सी मोड गेम अप्टिमाइजर, ए.आई. ब्राइटनेस, ए.आई साउण्ड, एच.डी.आर. टेक्नोलोजी, फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कण्ट्रोलजस्ता विशेषताहरू रहेको छ । टेलिभिजनमा एल.जी. थिङक्यु ए.आई  टेक्

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुस् चार सूत्र

    भारतीय शेयर बजारका एक सफल लगानीकर्तामध्येका डा. विजय किसनलाल केडियाका शेयरबजारबारे चार सूत्र । राम्रो व्यवस्थापनलाई हेर्नुहोस्  हरेक लगानीकर्ताले राम्रो र पारदर्शी व्यवस्थापन भएको कम्पनीमा लगानी गनुपर्नेमा विजय केडियाले जोड दिएका छन् । एउटा कम्पनी बन्नका लागि विभिन्न पक्षहरू जोडिएका हुन्छन् । लगानी गर्नुपूर्व ती सबै पक्षहरूमा विचार पु¥याउनुपर्ने केडियाको धारणा छ । कम्पनीको गुणात्मक पक्षहरूलाई जोड दिन आवश्यक छ । शेयरको मूल्यलाई मात्र नभएर कम्पनीको व्यवस्थापकीय पक्षलाई ध्यान दिन केडियाले सुझाव दिएका छन् । व्यवस्थापन शेयरधनीप्रति इमान्दार हुनुपर्छ । व्यवस्थापनले कस्तो प्रोडक्टलाई विस्तार गर्

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेप्से झिनो अङ्कले घट्यो

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बीमा ६८.१७, सामूहिक लगानी ०.०७, लगानी ३.१९ अङ्कले ओरालो लागेको छ । त्यस्तै होटेल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, वित्त २९.१८, निर्जीवन बीमा २०.० २०.०६, उत्पादन

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ७१ पटक पढिएको
    • रासस
  • साताको शेयर बजार: १६ अर्बको कारोबार

    बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो ।साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो ।बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा संस्थाबाट रु चार करोड र बढीमा रु १२ करोडसम्म मात्रै सेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

    राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले  वाग्मती प्रदेश सरकारको  विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६/७७ देखि  विद्युतीय बसलाई  प्रदेश सरकारको गौरवको  कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि  त्यो अन्योलमा परेको हो । उक्त बस सञ्चालनका लागि आव २०७६/७७ मा बस खरिद र सञ्चालनका लागि विनियोजन भएको २८ करोड र आव २०७७/७८ मा  विनियोजन भएको  ४० करोड फ्रिज भएको छ ।प्रदेश  सरकारले  चालु आव २०७८/७९ मा  पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद गर्ने र  १५ वटा चार्जिङ स्टेसनका लागि  सामग्री खरिद र जडान प

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • २०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीको राजीनामा समेत माग गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नेकपा (एकीकृत समाजवादी) निकट (अनेरास्ववियु)सहितका विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • २४२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved