टाइम कार्ड

    Showing १-१ of item.
  • झापामा आइतबारदेखि यात्रुवहाक सवारीलाई टाइम कार्ड लागु

    बिर्तामोड /  सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले आइतबारदेखि यात्रु बोक्ने सार्वजनिक सवारी साधनलाई टाइम कार्ड लागू गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रकाश अधिकारीले सरोकारवाला सबै पक्षको सहमतिमा टाइम कार्ड लागू गर्न लागिएको जानकारी दिएका छन् । उनका अनुसार यातायात व्यवसायी तथा मजदुर पनि टाइम कार्ड लागू गर्न सहमत भएका छन् । उनले भने, ‘उहाँहरुले नै उक्त निर्णयको माइन्युट गर्नुभएको छ, अब यो नियम कडाईका साथ लागु हुन्छ ।’अधिकारीका अनुसार टाइम कार्ड झापा जिल्लाभरका लागि हुनेछ । अब झापाको ५५ किलोमिटर दुरी पार गर्न १ घण्टा २५ मिनेट लाग्ने भएको छ

    • प्रकाशित मितिः माघ ४, २०७६
    • १,३७६ पटक पढिएको
    • प्रेम आचार्य

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved