विषयपुर । रसुवाको हाकुस्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक विदेशी नागरिकलाई नेपाली सेनासहितको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार ती विदेशी नागरिकलाई सुरुङबाट जीवितै उद्धार गरिएको हो । उनी चिनियाँ नागरिक भएको बताइएको छ । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।  

भदौ १० गते रसुवामा आएको बाढीपहिरोका कारण उनी सुरुङभित्र फसेका थिए । सुरुङमा बाढीपहिरोका कारण बेपत्ता भएका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य भने अझै जारी रहेको नेपाली सेनाले जनाएको छ ।  बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियानलाई तीव्र बनाउँदै नेपाली सेनाले विभिन्न स्थानमा खोज तथा उद्धार टोली परिचालन गरेको छ।