श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत ४ गते बुधबार, १८ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको चतुर्दशी तिथि १५ः१३ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र पूर्वभाद्र ११ः१३ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः१३ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ अवसरका साथै आम्दानीका स्रोत खुल्नेछन् । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा नसोचेको उपलब्धि पनि प्राप्त हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। आहारविहारमा सजग रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम देखाएर फाइदा लिने समय छ। शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले दाम र इनाम हातपार्न सफल भइनेछ।समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। समयअनुसार चल्न नसक्दा अलि दुःख पाइएला।
































