श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन २८ गते बिहीबार, १२ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको नवमी तिथि भोलि ०८ः३३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मूल १२ः५३ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०६ः२१ बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना पनि रोकिन सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशाले भएको वस्तुसमेत गुम्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको चापले पनि केही तनाव बढाउन सक्छ।आराम तथा मनोरञ्जनको समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रियजनसँग दिन रमाइलो गरी बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पु¥याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष उपहार प्राप्त हुनसक्छ।अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उद्योग तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । कामको उच्च मूल्याङ्कन हुनेछ । विभिन्न अवसर प्राप्त हुनसक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।





























