श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन २७ गते बुधबार, ११ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको अष्टमी तिथि भोलि ०४ः३३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र ज्येष्ठा १०ः११ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः२१ बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्यका लागि औषधि जोहो गर्नुपर्ला। यात्रामा अधिक खर्च हुनेछ। अरूको विश्वास गर्दा काम रोकिन सक्छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

घुमफिर तथा मनोरञ्जनमा अलमलिनाले काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ।     

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने देखिन्छ । विशेष काममा जग बसाउने मौका छ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पहिलेको सफलताले हौसला जगाउनेछ । पछिका लागि विशेष काममा जग बसाउने मौका छ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्।     

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

अध्ययनमा बाधा पुग्न सक्छ। परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।     

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ। नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ।