श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन २६ गते मङ्गलबार, १० मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको सप्तमी तिथि भोलि ०२ः१० बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र ज्येष्ठा १२ः४७ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि  वृश्चिक, सूर्योदय ०६ः२१ बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनसक्छ। आहारविहारमा ध्यान पु¥याउनु होला। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहो¥याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
पछिका लागि केही वस्तु त्याग्नुपर्ला।तारिफयोग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तको स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ नदिन सक्छन्।    
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।     
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। लगनशीलताले मात्र न्यून प्रतिफल हातपार्न सफल भइनेछ।