श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन २५ गते सोमबार, ९ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको षष्ठी तिथि १०ः२१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अनुराधा १ः४७ बजेसम्म, उप्रान्त  ज्येष्ठा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः२१ बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम लाभदायक र समय मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट र अतिथिको रूपमा सत्कार पाइनेछ।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
केही खर्च बढे पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयम् कमजोर हुनेछन्।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन्। तापनि अवसरले उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा धेरै समय दिन नसकिएला। समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्नुहोला। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।    
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला।     
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त र परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। महत्वाकाङ्क्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।