श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन २० गते बुधबार, ४ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको प्रतिपदा तिथि ०५ः०७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र  पूर्वफाल्गुनी ०७ः५४ बजेसम्म,  उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः२५ बजे र सूर्यास्त ०६ः०५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
कामको अवसर प्राप्त भए पनि प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको भरले मात्र काम नबन्न सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम दोहो¥याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। कामको उचित प्रतिफल पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महŒवाकाङ्क्षी योजना पनि विस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।