श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन १९ गते मङ्गलबार, ३ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण शुक्लपक्षको पूर्णिमा तिथि १७ः०१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मघा ०७ः३७ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः२६ बजे र सूर्यास्त ०६ः०४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ। काम सजिलै सम्पादन हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तान वा अनुयायीले साथ दिनेछन्।आलश्य गर्नाले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महŒवाकाङ्क्षी योजना गोप्य राख्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रशस्त धन आर्जन गर्ने मौका छ।अध्ययनमा प्रगति हुने समय छ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले साथ दिनेछन् । मिहिनेत गर्दा पछिसम्म लाभ भइरहनेछ। कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।
































