श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ११ गते सोमबार, २३ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण शुक्लपक्षको षष्ठी  तिथि ११ः४८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र  भरणी ८ः४३ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः३४ बजे र सूर्यास्त ०५ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। स्वादिष्ट भोजनको आनन्द पाइएला।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सापट दिनुपर्ने हुनसक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरूलाई समय दिँदा आफू पछि परिनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुटाउन पनि सकिनेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। दिगो काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

भएको आम्दानी र सञ्चित रकमसमेत खर्चनुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुट्न सक्छ।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पछि फाइदा हुने कामको जिम्मेवारी प्राप्त हुनसक्छ।मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।    

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। नयाँ उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।