श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन १० गते आइतबार, २२ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण शुक्लपक्षको पञ्चमी तिथि १७ः२८ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अश्विनी ११ः२१ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः३५ बजे र सूर्यास्त ०५ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउनेछ। आफन्तबाट पनि टाढिनुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न भौतिक साधन जुट्नेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषिमा फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भविष्यका लागि नयाँ काममा जग बसाउने अवसर जुट्नेछ।मिहिनेत गर्दा भाग्योन्नतिको समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामुदायिक तथा सेवामूलक कामले प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ।
































