श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ६ गते बुधबार, १८ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण शुक्लपक्षको प्रतिपदा तिथि ०५ः११ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र शतभिषा ०९ः२७ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः३८ बजे र सूर्यास्त ०५ः५६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक आवश्यकता पूर्ति होला। नयाँ काम फेला पर्नेछ। कृषि, पशुपालनमा आदिमा फाइदा हुने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उठ्नुपर्ने रकम हातलागी हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका काममा महŒवपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
थालेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही विवादमा परिने योग छ, सचेत रहनुहोला। अलि बाध्यताका काममा जुट्नुपर्ला।
































