श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ३ गते आइतबार, १५ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण कृष्णपक्षको त्रयोदशी तिथि ०८ः५४ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र उत्तराषाढा ०८ः२३ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः४१ बजे र सूर्यास्त ०५ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्नेछन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धेरै आम्दानी नभए पनि व्यवसाय सामान्यरूपमा चल्नेछ। बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सेवामूलक काममा प्रवृत्त भइनेछ।व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

गोप्य सूचना बाहिरिनाले घरेलु समस्या आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कामको चाप बढ्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन्।पहिलेको सफलताले हौसला जगाउनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पु¥याउनेछ। विशेष उपहार प्राप्त हुनसक्छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रेमको बन्धन कसिनेछ भने दिगो कामको जग बसाउने समय छ।स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापारलगायत अर्थलाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढी खर्च हुनसक्ला।