श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ २६ गते सोमबार, ९ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण कृष्णपक्षको अष्टमी तिथि भोलि ०७ः४४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र विशाखा भोलि ०८ः०८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः४५ बजे र सूर्यास्त ०५ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
परिवारजनको साथले काममा उत्साह जगाउनेछ।केही खर्च बढे पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रुभाव राख्नेहरू स्वयम् कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा धेरै समय दिन नसकिएला। समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्नुहोला। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले काम बनाउन सकिनेछ।कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नु होला।