श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ २५ गते आइतबार, ८ फेब्रुअरी  २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण कृष्णपक्षको सप्तमी तिथि १ः४२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र स्वाती भोलि ०५ः१८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः४६ बजे र सूर्यास्त ०५ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशेष काममा जग बसाउने मौका जुट्नेछ। साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

लगनशीलताले लक्ष्यमा पु¥याउनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समयमा निर्णय नलिने बानीले पछि समस्या पर्न सक्छ। प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुनसक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पु¥याउनु होला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

विभिन्न कामका अवसर प्राप्त हुनेछन् । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिन लाभदायक देखिन्छ ।