श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ २३ गते शुक्रबार ६ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण कृष्णपक्षको पञ्चमी तिथि भोलि ११ः५४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र हस्ता १२ः१४ बजेसम्म,  उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः४७ बजे र सूर्यास्त ०५ः४८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

कामका लागि केही दौडधुप गर्नुपर्ने हुनसक्छ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। प्रतिस्पर्धामा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिद्वन्द्वीहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। तर गोपनीयतामा भने सावधान रहनुहोला। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

यात्रा र किनमेलमा केही फजुल खर्च बढ्न सक्छ।मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। दिन लाभदायी देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विज्ञको मार्गदर्शन पाइनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापारलगायत आर्थिक काममा मन्दी आउन सक्छ।तर आज अरूलाई दिने नभई भिœयाउने समय छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। कामले नाम र दाम दिलाउनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विशेष योजना सार्वजनिक नगर्नुहोला । मिहिनेतले काम पूरा हुनसक्छ। दिन सामान्य रहला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ।