श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ २२ गते बिहीबार, ५ फेब्रुअरी  २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण कृष्णपक्षको चतुर्थी तिथि भोलि १२ः४२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरफाल्गुनी ११ः१४ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः४८ बजे र सूर्यास्त ०५ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज अरूलाई दिने नभई भिœयाउने समय छ। अरूलाई दिन ठीक पारेको धनमाल आफैलाई आवश्यक पर्न सक्छ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। अरूको व्यवहारले शङ्का उब्जाए पनि सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। रोकिएका काम गर्ने समय छ।दिन सामान्य रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखार आउनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। व्यापार बढ्नाले लाभ हुनेछ।