श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ २१ गते बुधबार, ४ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर । फाल्गुण कृष्णपक्षको तृतीया तिथि भोलि १२ः२९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वफाल्गुनी १०ः२९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः४८ बजे र सूर्यास्त ०५ः४६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्यामा वृद्धि, विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्राप्त गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला । कर्मयोगले लोकप्रियता दिलाउनेछ । उपहार प्राप्त गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यापारमा फाइदा हुनेछ। दिन सामान्य रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। थालेका कामकाजबाट फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। यात्रा सफल रहला ।
































