श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ २० गते मङ्गलबार, ३ फेब्रुअरी २०२६, सिद्धार्थीनाम संवत्सर। फाल्गुण कृष्णपक्षको द्वितीया तिथि भोलि १२ः५९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र मघा १०ः२६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः४९ बजे र सूर्यास्त ०५ः४६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दोहो¥याएर प्रयास गर्दा रोकिएको काम सम्पादन हुनेछ। आफ्नो गोपनीयतामा ध्यान पु¥याउनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ढिलासुस्ती गर्ने बानीले पनि समस्या निम्त्याउनेछ। हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय छ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा प्रशस्त लाभ हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवम् भोजभतेरको अवसर प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पेसा–व्यसायमा मनग्य धन आर्जन हुनेछ।
































