श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ १५ गते बिहीबार, २९ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ शुक्लपक्षको एकादशी तिथि ०२ः१३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र रोहिणी ०७ः४८ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः५१ बजे र सूर्यास्त ०५ः४२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। रोकिएका काम पनि सम्पादन हुनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष योजनामा स्वयम् जुट्नुहोला । आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने योग छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।बेलैमा होस नपु¥याउँदा केही चुनौती आउनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि केही असमझदारी बढ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ।आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनग्य रकम हातलागी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित प्रतिफल हातलागी हुन समय लाग्नेछ।
































