श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ १४ गते बुधबार, २८ जनवरी  २०२६, सिद्धार्थीनाम संवत्सर। माघ शुक्लपक्षको दशमी तिथि ०१ः३३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र कृतिका ०८ः३६ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः५३ बजे र सूर्यास्त ०५ः३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। महŒवाकाङ्क्षी काम गर्न सफल भइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुनसक्छ। ऋणमोचन हुने सम्भावना छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्लान्। आकस्मिक खर्च बढ्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रोकिएको काम बन्नेछ । गरेका काममा सोचेजस्तै सफलता मिल्नेछ। लगानी गर्दा पनि मनग्य धनलाभ हुनेछ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आलश्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बेलैमा सगज नहुँदा थालेको काम रोकिन सक्छ। कमजोर नतिजा सच्याउन कुनै काम दोहो¥याउनु पर्ला।