श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ ११ गते आइतबार, २५ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ शुक्लपक्षको सप्तमी तिथि ११ः२९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रेवती ०१ः५१ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०६ः५३ बजे र सूर्यास्त ०५ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। दिन राम्रो देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। फाइदा हुने काममा जग बसाउने मौका छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अरूको सहयोगमा जुट्नुपरे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ।