श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ ९ गते शुक्रबार, २३ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ शुक्लपक्षको पञ्चमी तिथि भोलि ०१ः५९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वभाद्र ०२ः४३ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्योन्नतिको समय छ । सानो प्रयत्नले दिगो काम सम्पादन हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तकलाई समेटेर काम लिनुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ। काममा समय लागे पनि पछिका लागि सकारात्मक सङ्केत प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला। गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ।
































