श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ ८ गते बिहीबार, २२ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ शुक्लपक्षको चतुर्थी तिथि भोलि ०१ः२४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र शतभिषा १२ः०७ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख–सुविधा प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरेलु प्रयोजनका विशेष सामान जुटाउन सकिनेछ। पशुधन र कृषि–व्यवसायतर्फ मनग्य लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। कुनै पनि काम थाल्नुअघि विचार पु¥याउनु होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा बाधा पुग्नेछ । अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। कामकाजबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सम्मानित स्थान प्राप्त हुनसक्छ। कामकाजले उपलब्धि दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सानो प्रयत्नले पनि फाइदा बढ्नेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दिन उत्साहपूर्ण रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आकर्षक पहिरन र तारिफयोग्य कामले चर्चित भइनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।
































