श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ ७ गते बुधबार, २१ जनवरी  २०२६, सिद्धार्थीनाम संवत्सर। माघ शुक्लपक्षको तृतीया तिथि भोलि ०२ः५७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र धनिष्ठा ०२ः०७ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि  कुम्भ, सूर्योदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आजको दिन फलदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेतले समाजमा स्थापित गराउनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

चुनौती पन्छाएर लाभ उठाउने मौका छ।परिस्थिति अनुकूल बन्नाले सोचेअनुरूप काम गर्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आध्यात्मिक चेतनाले धर्म, कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।    

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रचनात्मक काममा जुट्ने समय छ। भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कामको जग बसाउने मौका छ।अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हतारले काम बिग्रन सक्छ । काममा ढिलासुस्ती हुनसक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नहुने देखिन्छ। नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कुनै बाध्यात्मक काममा अल्मलिनु पर्नेछ।कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन धेरै सङ्ग्रह हुनेछन्।