श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ ६ गते मङ्गलबार, २० जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ शुक्लपक्षको द्वितीया तिथि भोलि ०२ः५३ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र श्रवण ०१ः१७ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः५४ बजे र सूर्यास्त ०५ः३४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्न सफलता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका लागि गरिएको कामले आफूलाई समेत फाइदा हुनेछ। समस्या पर्दा सहयोगी फेला पर्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चाप बढ्नेछ तर स्वास्थ्य कमजोर रहनेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्।पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ।






























