श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ ५ गते सोमबार, १९ जनवरी  २०२६, सिद्धार्थीनाम संवत्सर। माघ शुक्लपक्षको प्रतिपदा तिथि भोलि ०२ः२७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तराषाढा १२ः०४ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि  मकर, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनु पर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम बिग्रने भयले पनि सताउनेछ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्थितिमा सुधार आउनाले कर्मको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। प्रियजनसँगको भेटघाटले साँझतिरको समय रमाइलो रहनेछ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारजनको साथले उत्साह जगाउनेछ। रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।