धरान । सुनसरीको धरान उपमहानगरपालिका १३ जिरोपोइन्टमा भएको दुर्घटनामा हालसम्म पाँच जनाको ज्यान गएको छ । 

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका अनुसार भेडेटारतिरबाट आउँदै गरेको बस जिरोपोइन्टमा केही समय अगाडि मात्रै दुर्घटना भएको थियो । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । 

प्रहरीका अनुसार १३ जना घाइते भएका छन् । कुल १८ जना घाइतेमध्ये ५ जनाको ज्यान गएको हो । घाइतेहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । स्कुल बस रहे पनि कुन स्कुलको विद्यार्थी हुन् भन्ने हालसम्म खुल्न नसकेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार वनभोजबाट फर्किएको अनुमान गरिएको छ । अझैसम्म यकिन हुन सकेको छैन ।