श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल माघ १ गते बिहीबार, १५ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ कृष्णपक्षको द्वादशी तिथि ०८ः३४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र ज्येष्ठा भोलि ०६ः०२ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३० बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि औषधि जोहो गर्नुपर्ला। यात्रामा अधिक खर्च हुनेछ। अरूको विश्वास गर्दा काम रोकिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घुमफिर तथा मनोरञ्जनमा अल्मलिनाले काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या पन्छाउँदै अघि बढ्ने समय छ। लेनदेनमा पनि केही नोक्सान पुग्ने देखिन्छ, सजग रहनुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिका लागि विशेष काममा जग बसाउने मौका छ।पहिलेको सफलताले हौसला जगाउनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य–चिन्ताले सताउन सक्छ। परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
































