श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस ३० गते बुधबार, १४ जनवरी  २०२६, सिद्धार्थीनाम संवत्सर। माघ कृष्णपक्षको एकादशी तिथि ०६ः१० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अनुराधा भोलि ०३ः१८ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा केही अलमल हुनसक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइलेखाइमा त्यति अभिरुचि नजाग्न सक्छ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धीहरूबाट पनि जोगिएर काम लिनुपर्ने समय छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा फाइदा हुनेछ।अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। अरूको विश्वास गर्दा काम बिग्रनेछ।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिणाम नसोची लिइएको निर्णयले समस्या पर्न सक्छ। सानो त्रुटिले समस्या निम्त्याउनेछ । 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न कामका अवसर प्राप्त हुनेछन् । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुने समय छ। 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। साथीभाइको सहयोग पाइनेछ। अवसरले पनि उत्साह जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मुख्य काम र अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतिस्पर्धीहरूले विवादमा फसाउन सक्छन् ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ ।   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहो¥याउनु पर्ला। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।