श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस २९ गते मङ्गलबार, १३ जनवरी  २०२६, सिद्धार्थीनाम संवत्सर। माघ कृष्णपक्षको दशमी तिथि ०३ः३५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र विशाखा भोलि १२ः२० बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२९ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तारिफयोग्य काम सम्पादन हुनेछ। अतिथिका रूपमा मानसम्मानसमेत प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारलगायत लाभ हुने काम प्रारम्भ हुनेछ। महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला । 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काममा थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुनसक्छ। सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ।