श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस २८ गते सोमबार, १२ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ कृष्णपक्षको नवमी तिथि १ः०० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र स्वाती ०९ः१९ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले हौसला जगाउनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।व्यावहारिक समस्याले योजना स्थगन हुने देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो योजनामा समय व्यतीत हुनेछ।बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुनसक्छ। बेसुरमा बोल्ने बानीले दुःख पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
































