श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुष २७ गते, आइतबार, ११ जनवरी २०२६ । सिद्धार्थीनाम संवत्सर । माघ कृष्णपक्षको अष्टमी १०ः३८ तिथि नवमी, नक्षत्र चित्रा ०६ः२७ बजे सम्म स्वाती। चन्द्रराशी–तुला । सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश सामान्य काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्तीको प्रयासले समस्या निम्त्याउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गलत चिन्तन र विचारले स्वयम् आलोचित भइनेछ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पछिका लागि लगानी गर्ने समय छ।नयाँ अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यावसायिक कर्मले गति लिनेछ। सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगको आशा देखाउनेहरूबाटै धोका हुनेछ। केही अवसर गुमे पनि सेवामूलक काममा जुट्नेहरूलाई फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशेष योजना सार्वजनिक नगर्नुहोला। नियमित प्रयास गर्दा दिगो कामको जग बसाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा प्रगति हुनेछ । ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ।
































