श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुष २६ गते, शनिबार, १० जनवरी  २०२६। सिद्धार्थीनाम संवत्सर । माघ कृष्ण पक्षको सप्तमी ०८ः४३ तिथि अष्टमी, नक्षत्र हस्ता  ०३ः५६ बजेसम्म चित्रा । चन्द्रराशी–कन्या। सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको सफलताले हौसला जगाउनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कर्मयोगले नयाँ मोड लिनेछ । पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले महत्वाकाङ्क्षा बढाउनेछ । साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ ।