श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस २५ गते शुक्रबार, ९ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ कृष्णपक्षको षष्ठी तिथि ०७ः२५ गतसम्म, सप्तमी, नक्षत्र उत्तराफाल्गुनी ०१ः५७ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च लागे पनि प्रयत्न गर्दा आंशिक काम बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो हकभोगमाथि अरूले दाबी गर्न सक्छन्। असंयम व्यवहारले शत्रुता बढाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गलत चिन्तन प्रकट गर्दा स्वयम् आलोचित भइनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले केही समस्या पर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नियमित काम सम्पादन हुनेछन्।समयमा वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही विवादास्पद जिम्मेवारीसमेत वहन गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हातमा आएको रकम तत्काल खर्च हुनेछ।स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बिग्रने भयले सताउनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। वादविवादले समस्या निम्त्याउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लेनदेनमा विवाद हुनसक्छ।चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ।
































