श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस २३ गते बुधबार, ७ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ कृष्णपक्षको चतुर्थी तिथि ०७ः१३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मघा १२ः१४ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुनै सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनु होला।विभिन्न कामका अवसर प्राप्त हुनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरले उत्साह जगाउनेछ । साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। रोकिएका काम बन्नुका साथै नयाँ काम थाल्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरिएका कर्मको उचित फल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। व्यापारमा विशेष लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न उपहार प्राप्त हुने समय छ। कुनै सामान हराउन सक्छ, सजग रहनुहोला।सफलताले हिम्मत दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। परिस्थितिवश सञ्चित रकम खर्च गर्नुपर्ने हुनसक्छ।
































