श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस २२ गते मङ्गलबार, ६ जनवरी २०२६, सिद्धार्थीनाम संवत्सर। माघ कृष्णपक्षको तृतीया तिथि ०८ः२२ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अश्लेषा १२ः३५ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलको बेला मान्यजनको सहयोग लाभदायी रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम दोहो¥याउनुपर्ला।सिद्धान्तमा मतभेद भए पनि पहिलेका सहयोगीहरूले राम्रो साथ दिनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम प्रारम्भ गर्न सकिनेछ । दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपलब्धिको स्रोत प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भौतिक साधन जुटाउने अवसर मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनग्य धनलाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्रसमेत फराकिलो बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा नै परिवर्तन ल्याउन सकिनेछ।
































