श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस २१ गते सोमबार, ५ जनवरी  २०२६, सिद्धार्थीनाम संवत्सर। माघ कृष्णपक्षको द्वितीया तिथि ०२ः१६  बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुष्य ०१ः४२ बजेसम्म, उप्रान्त  अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः५५ बजे र सूर्यास्त ०५ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारबाट मनग्य लाभ हुनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान–सम्मान  प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ।   
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्चिलो कामले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। खर्च लागे पनि काम सम्पादन गर्न सकिनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।