श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस १४ गते सोमबार, २९ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष शुक्लपक्षको  नवमी तिथि १०ः३१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रेवती ०७ः५७ बजेसम्म, उप्रान्त  अश्विनी, चन्द्रमा राशि मीन, सूर्योदय ०६ः५३ बजे र सूर्यास्त ०५ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक खर्च बढ्नेछ।आम्दानीका स्रोत कमजोर हुने समय छ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
दैनिक आवश्यकता पूरा हुनेछन्। मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आयस्रोत सबल भए पनि प्रतिफल अरूका हातमा पर्न सक्छ। आकस्मिक खर्चले धन सङ्ग्रहमा बाधा पुग्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मानसमेत दिलाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समस्या दर्शाएर सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।